सुशान्तको आत्महत्याले बलिउडमा शोकको लहर


जेष्ठ ३२
पछिल्लो पुस्ताका लोकप्रिय बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्।
आइतबार उनले मुम्बईस्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेका हुन्। उनको घरमा काम गर्ने कामदारले प्रहरीलाई सुशान्तले आत्महत्या गरेको जानकारी दिएका थिए। उनको आत्महत्याको कारण भने अझै खुलिसकेको छैन।
गत जुन ८ मा सुशान्तकी म्यानेजर दिशा सलियनले पनि आत्महत्या गरेकी थिइन्।
सुशान्तको आत्महत्यापछि यतिबेला बलिउड शोकमा डुबेको छ। बलिउड कलाकार तथा क्रिकेटरहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।

बलिउड अभिनेता सञ्जय दत्तले सुशान्तको आत्महत्याको खबरले आफू स्तब्ध भएको लेखका छन्। साथै उनले सामाजिक सञ्जालमार्फत सुशान्तको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । स्रोत अनलाइन