सोनरनियाका वडाध्यक्ष साहले गरे मास्क वितरण

रौतहट । भदौ २० गते
कोरोना भाईरस कोविड १९ को संक्रमण समुदाय स्तर सम्म बढ्दै गएपछि मौलापुर नगरपालिकाले मास्क वितरण गर्न लगाएको हो । मास्क प्रयोगले केही हदसम्म कोरोना संक्रमण फैलन बाट रोकने तथ्यांकहरू बाहिर आउन थाले पछि मास्क वितरणमा जोड दिईएको हो । मास्क प्रयोग नगर्नेहरूको संख्या बढ्दै गएपछि सबै जनालाई मास्क दिई कोरोना सम्बन्धि जनचेतना पनि दिईएको थियो । साबुनपानीले मिचिमिच हाथ धुन,मास्कको प्रयोग गर्न,सामाजिक दूरी पालन गर्न, निषेधाज्ञा को नियम पूर्ण रूपमा पालन गर्न सहित कोरोना उपायहरू बारे बताईएको थियो । रौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गतका वडाहरूमा मेडिकेटेड मास्क वितरण गरिएको छ । नगरपालिका को वडा नम्बर वार्ड न ९ सोनरनिया टोलमा आज मास्क बितरण गरेको छ । सोनरनियाका वडाध्यक्ष रामलाल साहले आफना वडा भरिका वडा बासीहरुलाइ बढ्दै गईरहेको कोरोना रोग बाट बच्न मास्क उपलब्ध गराउनु भएको वडा कार्यालयका कर्मचारी रूपेश श्रीवास्तवले बताए । करिब पाँच हजार मास्क बितरण गरिएको वडा अध्यक्ष साह ले जानकारी दिनु भयो । वडाध्यक्ष साहले सामाजिक दूरी को ख्याल गरि वडासदस्यहरू सहित घरघरमा पुगि वितरण गराउनु भएको थियो । यता मौलापुर नगरपालिकाका निम्ति प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले नगर भरि ५० हजार मास्क वितरण गर्ने लक्ष्य रहेको जानकारी गराए । हाललाइ नपाको वडा नम्बर १ देखि ९ सम्मको वडाहरुमा ५० हजारका दरले उपलब्ध गराइएको र नपुग भएमा अझै थपेर उपलब्ध गराइने बताउनु भयो ।