तराई मधेशमा भव्य रुपमा मनाईने चैती छठ पर्व प्रभावित
बारा, चैत १७ गते । कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको कारण तराई मधेशमा भव्य रुपमा मनाईने चैती छठ पर्व प्रभावित भएको छ । सूर्यको आराधना गरी मनाइने चैती छठ पर्व आज बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा बेलुकी अस्ताउने सुर्यलाई अर्घ दिई मनाइदै छ । यसपालि चैती छठ पर्व कोरोना भाइरस को कारण वाहिरी चहल पहल नभए पनि स्थानिय वर्तालुहरुले घरमै बसेर सुर्यको आराधना गरी छठ पर्व मनाउने भएका छन् । लकडाउनको कारण व्रतालुहरु अस्ताउँदो सुर्यलाई अर्घ दिन आज छठ घाट तथा पोखरी, नदी, तलाउमा नगएर आ–आफ्नै घरमै बसी धार्मिक विधि अनुसार घरबाटै अस्ताउँदो सुर्यलाई अर्घ अर्पण गर्ने भएका छन् ।