रौतहट भदौ ९ गते
रौतहटमा कोरोनाका ४५ संक्रमित थपिएका छन् । रौतहटको ६ स्थानीय तहमा संक्रमित थपिएका हुन् ।
थपिएकामध्ये सबैभन्दा बढी रौतहटको गरुडामा १६ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रवक्ता हरेन्द्र गुप्ताले बताए ।
गरुडाका १६ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मीसमेत रहेका छन् । त्यसैगरी आज बिहान आएको रिपोर्टमा रौतहटमा १९ जना थपिएका छन् ।
गढीमाई नगरपालिकामा ६, मौलापुर र गौरमा पाँच–पाँचजना, चन्द्रपुरमा दुई र माधवनारायण र गुजरा नगरपालिकाका एक–एकजनामा आज संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
संक्रमण पुष्टि भएका सबै संक्रमित स्थानीय समुदायका व्यक्तिहरू रहेको जनस्वास्थ्य कार्यालयका प्रवक्ता गुप्ताले बताए ।
‘संक्रमितहरूलाई आइसोलेसनमा लग्ने तयारी रहेको छ,’ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘शारीरिक रूपमा अशक्त र ७० वर्षभन्दा माथिका वृद्धवृद्धाबाहेक संक्रमण पुष्टि हुने सबैलाई आइसोलेसनमा राखिनेछ ।