दुर्गा भगवति गाउपालिकामा पिसि आर मेसिन द्धारा निशुल्क परिक्षण

रौतहट भदौ ९ गते

रौतहटको दुर्गा भगवति गाउपालिकामा निशुल्क पिसिआर परिक्षण हुने भएको छ । समुदायस्तरमा नै कोरोना भाइरस फैलिएपछि दुर्गा भगवति गाउपालिकाले सो गाउपालिकाका नागरिहरुहरुका लागी निशुल्क कोरोना परिक्षणको ब्यबस्था गरेको गाउपालिकाका अध्यक्ष अरुण कुमार साहले जानकारी दिनु भएको छ । सो गाउपालिकाले भाद्र १२ गते शुक्रबार ११ बजेदेखि स्वाब संकलन गर्ने भएकाले गाउपालिकाका आम सर्वसाधरण नागरिकहरुलाई स्वाब संकलनमा सहभागी हुन गाउपालिकाले अपिल गरेको छ । सरस्वती माध्यामिक विद्यालय पिपरा भलोहियामा स्वाब संकलन हेल्प डेक्स सञ्चालन गरिने जनाइएको छ । गाउपालिकाभित्रका आन नागरिकहरुलाई कोरोना परिक्षण गर्ने इच्छा भएमा सोही गाउपालिकाका स्वास्थ्यकर्मीहरुसंग सम्पर्क गर्न अनुरोध समेत गरेको छ । दुर्गा भगवति गाउपालिकाका स्वास्थ्य संयोजक राम बिनोद दास , प्राथमिक स्वास्थ्य केन्द्र गंगा पिपराका ल्याव असिष्टन्ट शिवेश कुमार चौधरी ,मत्सरी स्वास्थ्य चौकी इन्चार्ज सतिशचन्द्र झा र वडर्हवा स्वास्थ्य चौकी हेल्थ असिष्टेन्ट मुकेश कुमार गुप्तालाई सम्पर्क गर्न समेत अध्यक्ष साहले गाउपालिकाका नागरिकलाई अनुरोध गर्नु भएकामे छ ।