बाराका दुई कोरोना संक्रमितले गुमाए जान

रौतहट भदौ ९ गते

बारामा कोरोना भाइरस संक्रमणका कारण थप २ जनाले ज्यान गुमाएका छन् ।
संक्रमणका कारण महागढीमाई नगरपालिका–४ दहियार टोल बस्ने ५९ वर्षीय पुरुष र सुवर्ण गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
संक्रमित दुबैको उपचारका क्रममा मंगलबार बिहान वीरगन्जको नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको हो ।