गढीमाई नपाको २ जना बालिकाकी शव बागमति नदी बाट भेटियो

रौतहट भदौ ९ गते

रौतहटको बागमतिनदिमा पौडी खेल्ने क्रममा गएको आईतबार डुबेर हराइरहेका ३ जना बालिका मध्ये थप २ जनाको शव मंगलवार फेला परेको छ ।
ऋषिपञ्चमीको अवसरमा आइतवार बिहान १० बजे रौतहटको गढिमाई नगरपालिका–७ धर्मपुरघाट स्थित बागमती नदीमा नुहाउन जाँदा डुबेर बेपत्ता भएकी पिंकु कुमारी मुखियाको शव सोही दिन बरामद भएको थियो ।बाकीं रहेका धर्मपुरकै लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दासको शव आज फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको व्यापक खोजतलासपछि डुबेको स्थानबाट करिव २ किलोमिटर दक्षिण माधवनारायण नगरपालिका ८ खरकी रजवाडाघाट बाट सुसिता कुमारी दास मृत अवस्थामा फेला परेको प्रहरी चौकी रजवाडाका असई रामविनोद महतोले बताउनुभएको छ ।
मंगलवार विहान ८ बजेको समयमा फेला परेकी बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको असई महतोले बताउनुभयो । त्यस्तै धर्मपुर ७ बस्ने बस्ने छठु मुखियाकी छोरी वर्ष १० की चन्चल कुमारी मुखियाको खोजतलास पछि राजदेवी नगरपालिका वडा न. ९ ब्रहमपुरी स्थित बागमत्ती खोलाको पुर्वपटि रहेका किनारमा फेला परेको रौतहट प्रहरीले जनाएको छ।
ऋषिपञ्चमीको अवसरमा गत आइतवार बागमति नदीमा नुहाउन जाँदा एउटै गाउँका तिन जना बालिका डुबेर बेपता भएकी थिईन । नदीमा पौडी खेल्ने क्रममा डुबेर धर्मपुर टोलका भदै मुखियाकी १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, छट्टु मुखियाकी १० वर्षीया छोरी चन्चलकुमारी मुखिया र सोही ठाउँका लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास बेपता भएकी थिईन । नदीमा बेपता भएकी तिनै जना बालिकाको शव फेला परिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभएको छ ।
घटना भएदेखी नै ईलाका प्रहरी कार्यालय समनपुर र सशस्त्र बेश क्याम्प समनपुरको टोलीले बालिकाहरुको व्यापक खोजतलास गरेको प्रहरी उपरीक्षक खडकाले बताउनुभयो ।