लैङ्गिक हिंसासम्बन्धी व्यवस्थाबारे बहस

हेटौंडा–मुलुकी अपराध संहिता २०७४ मा लैङ्गिक हिंसा सम्बन्धी भएका कानुनी व्यवस्थाबारे मकवानपुरका नागरिक समाजसँग अन्तरक्रिया
गरिएको छ । महिला तथा लैङ्गिक हिंसा सम्बन्धी व्यवस्था र त्यसको प्रभावबारे छलफल गरिएको थियो ।
सिविन नेपाल मकवानपुरको आयोजना, मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जाल मकवानपुरको समन्वय र प्लान नेपालको सहकार्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा मकवानपुरमा कार्यरत महिला अधिकारकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

सिविन नेपाल मकवानपुरका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता मनप्रसाद भट्टराईले मुलुकी अपराध संहितामा लैङ्गिक हिंसासम्बन्धी अपराध र त्यसको सजायबारे सहभागीलाई जानकारी गराएका थिए । आत्महत्या दुरुत्साहन सम्बन्धमा पनि छलफल भएको थियो ।