वडा नं ७ को पोल्टामा मनहरी अध्यक्ष कप

मनहरी–मनहरीमा आज भएको अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं ७ को टिमले बिजेता भएकोछ । वडा नं ४ र ७ बीच भएको फाइनल खेलमा ७ नं वडाका तर्फबाट ४ गोल प्रहार भएपछि वडा नं ४ पराजित भएको हो ।

बिजेता टिमले ५० हजार नगद हात पारेको छ । उपबिजेता वडा नं ४ ले ३० हजार नगद प्राप्त गरेको छ । मनहरी गाउँपालिकाको आर्थिक लगानीमा मनहरी युवा क्लवले फुटबल प्रतियोगिताको व्यवस्थापन गरेको हो ।