७७ घरधुरीलाई बानियाँको आर्थिक सहयोग

हेटौँडा-नेपाली काँग्रेसका ३ नम्बर प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ का विपन्न बर्गका वडाबासीलाई खानेपानीको मिटर किन्न सहयोग उपलब्ध गराएका छन् ।

नेता बानियाँले २ हजारको दरले आर्थिक अवस्था कमजोर भएका ७७ घरधुरीलाई रकम सहयोग गरेका हुन् । आफुले प्रदेशसभाबाट पाएको सेवा सुविधाबापतको रकम आफ्नो निर्वाचन क्षेत्रका जनताको खानेपानीका लागि खर्च गरेको नेता बनियाँले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, महासमिति सदस्य दिनेश उपाध्याय लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम हेटौंडा ३ का नेपाली काङ्ग्रेसका नेता धनबहादुर घलानको संयोजनमा भएको थियो ।

बानियाँ  प्रदेश ३ प्रदेश सभाको प्रत्यक्ष तर्फको  निर्वाचनमा निवार्चन संसद एवम् कांग्रेस मकवानपुर सभापति हुन्।