गाँजाको विकल्प दिँदै कैलाश गाउँपालिका

हेटौंंडा–मकवानपुरको विकट कैलाश गाउँपालिकाले स्थानीय किसानलाई गाँजाखेतीको विकल्पको रुपमा अन्य खेतीमा आकर्षण गर्ने प्रयत्न गरेको छ । वडातहमै गठन भएको टोल विकास संस्थामार्फत गाँजाखेती गर्ने किसानलाई तालिम प्रदान गर्दै गाँजाखेतीको विकल्पमा अन्य खेतीि गर्न सुझाएको हो ।

गाउँपालिकाको १० वटै वडामा गठित ५० वटा टोल विकास संस्थाका पदाधिकारीहरु तथा सदस्यहरु एबम् समाजका अगुवाहरुका लागि गाँजाको विकल्पका सम्बन्धमा तालिम प्रदान गरी अवैध लागूऔषध उत्पादन र कारोबारमा न्यूनीकरणको प्रयास गरेको हो । कैलाश गाउँपालिका व्यवसायिक गाँजा खेती गर्ने गाउँपालिकाको रुपमा जिल्लामा परिचित छ ।

कैलाश गाउँपालिकाको वडा नं १ को डाँडाखर्क, वडा नं २ को छ्याङदुङ, वडा नं ५ को गोगने र वडा नं ६ को पकनीमा गठित टोल विकास संस्थाका पदाधिकारीहरुका लागि तालिम प्रदान गरिएको छ ।यसअघि वडा नं ३ र ४ को लागि कालिकाटार, वडा नं ७ को लागि तामलाङ, वडा नं ८ को भार्ता, वडा नं ९ को नामटार र वडा नं १० को भाल्टारमा लागूऔषध न्यूनिकरण तथा बैकल्पिक खेती सम्बन्धी तालिम प्रदान गरिएको समुदायको लागि विकास संस्था नेपालका अध्यक्ष हेमलाल उप्रेतीले बताए ।

हरेक वडामा ५० जनाभन्दा बढीलाई लागूऔषध दूव्र्यसनको अबस्था, यसले निम्त्याउने समस्या र मकवानपुरको अवस्थाका बारेमा तालिममा जानकारी दिइएको थियो । तालिममा युवा अभियन्ताहरु जीवन शर्मा, अशोक सारुमगर, शिवकुमार काशी, अमरकान्त झा, अशोकसुजन श्रेष्ठ र उमेश गुरुङले सहजीकरण गरेका थिए । हरेक वडामा गठित टोल विकास संस्थाहरुमार्फत नै लागूऔषध न्यूनीकरण गरी बैकल्पिक खेती तथा पर्यटनको बारेमा छलफल चलाउने लक्ष्य अनुसार काम अघि बढेको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताए ।