तरुण दल मकवानपुरगढीमा सानुकान्छा

हेटौंडा–नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिकाको तदर्थ समितिको अध्यक्षमा सानुकान्छा थिङ चयन भएको छन् ।

शनिबार भएको भेलाले थिङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा चन्द्रमति महर्जन र प्रदिप ढकाल, कोषाध्यक्ष जिल्ला बहादुर थिङ, सचिव दिपेश दहाल र राज स्याङतान, सहसचिव दीपक अधिकारी रहेका छन्, ।

त्यस्तै सदस्यहरुमा सूर्यबहादुर स्याङतान, विश्वशान्ति लामा, जुना पाख्रिन, रुपा तिमल्सिना, समिर शाह, एम बहादुर घलान,गणेश दाहाल, लाल बहादुर थिङ, उमन घिसिङ, ओमरत्न मुक्तान चयन भएका छन्, कार्यक्रम प्रदेश ३ का संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँको प्रमुख अतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै बानियाँले पदको पछाडि नलाग्न कार्यकर्तालाई निर्देशन दिए । आन्तरिक विवादलाई छाडेर पार्टी एकता र संगठन सुदृढीकरणमा लाग्नु आजको आवश्यकता भएको उनको भनाइ थियो । कांग्रेसको विधि, सुशासन र भ्रष्टाचारको विरुद्धमा एकढिक्का भएर उभिएसँगै कम्युनिष्टहरु स्वतः पराजित हुने दावी गरे ।

मकवानपुरगढी गाउँपालिका स्तरीय तरुण दलको भेलामा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य संगठन विभागका प्रमुख कृष्णप्रसाद सञ्जेल, तरुण दल विभागका प्रमुख अर्जुन तिवारी, जिल्ला सदस्य तथा वडा–७ का अध्यक्ष सूर्यबहादुर रुम्बा, क्षेत्र २ का क्षेत्रीय सभापति यतिराज सापकोटा, नेता दोर्जे लामा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष राजु खतिवडा लगायतले आफ्नो भनाइ राखेका थिए । तरुण भेलामा ५९ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।