प्रदेश २ सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ चन्द्र भूषण साह रौतहट ।

pradesh 2 photo

प्रदेश २ सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ चन्द्र भूषण साह
रौतहट । जेष्ठ २८
नेकपाका युवा नेता चन्द्र भूषण साहले आफ्नो आधिकारिक फेसबुक एकाउंटबाट प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मन्त्रीहरु निरन्तर एकपछि अर्को भ्रष्टाचारजन्य गतिविधिमा संलग्न देखिदै आएकोमा पछिल्लो समय झन स्वयं राज्यमन्त्री योगेन्द्र राय यादव स्पष्ट रुपमा भ्रष्टाचार बारे बोलिरहेको गोप्य अडियो सार्वजनिक हुदाँ समेत निज मन्त्रीहरुलाई कार्यवाही गर्न नसक्ने निरीह, लाचार एवं असक्षम मुख्यमन्त्री लालबाबू राउतलाई पनि अबको उपरान्त आफ्नो पदमा बसीरहनुको कुनै तुकरऔचित्य छैनस तसर्थ, यसरी खुल्लमखुल्ला भ्रष्टाचारी पोसने निकम्मा मुख्यमन्त्रीले पनि नैतिकताको आधारमा अब राजीनामा दिनुपर्ने माग उनले अगाडि सारेको छ ।

साथै, आफैले नेतृत्व गरेको सरकार भित्रको राज्यमन्त्री स्वयं आफैं बोलिरहेको स्पष्ट अडियो चौतर्फी भाईरल भई सम्बन्धित पक्षले स्वीकार समेत गरिसक्दा पनि कार्वाही गर्न नसक्ने निरीह, लाचार एवं असक्षम मुख्यमन्त्री लालबाबू राउत पनि आफ्नो पदमा रहिरहनुको अब कुनैपनि तुकरऔचित्य छैन ।

तसर्थ, आम जनताको रगत र पसीना मिसिएको करबाट तलब(भत्ता खाने हाम्रा प्रदेश सांसदहरुलाई समेत यी र यस्ता जनपक्षिय जनसेवा र जनसरोकारका विषयहरुमा शशक्त रुपमा निरन्तर आवाज बुलन्द गर्न विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दै बेथिति र भ्रष्टाचारमा संलग्न राज्यमन्त्री तथा मन्त्री सहित निकम्मा २ नं. प्रदेश सरकारका नायिके मुख्यमन्त्री लालबाबू राउतको राजीनामा जोडदारपूर्वक माग गर्दछु । साथसाथै, आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाउन यस विषयप्रति सम्बन्धित सबै पक्षको समयमैं गम्भीर ध्यानाकर्षण समेत गराउन चाहन्छु । धन्यवाद !
मिति २०७७।०२।२७ गते ।
कृषि राज्यमन्त्री मन्त्री राजीनामादे
भ्रष्टाचारी पोषने मुख्यमन्त्री राजीनामा दे

                 चन्द्र भुषण साह
               २ नं. प्रदेश, नेपाल ।