प्रर्दशनमा प्रहरीले दमन गरेको जनमत पार्टीको आरोप


रौतहट । आषाढ १९ गते
अंगिकृत नागरिकता संशोधन विधेयक को विरोधमा जनमत पार्टी केन्द्रीय समिति द्वारा धोषित आन्दोलनको क्रममा कार्यक्रम प्रहरीले दमन गरेको भन्दै जनमत पार्टीले ले प्रेस बिज्ञप्ति जारी गरेको छ। रौतहट को सदरमुकाम गौरमा जनमत पार्टी का नेता कार्यकर्ताहरूले शान्तिपूर्ण प्रदर्शन गर्दा नेपाल प्रहरीले व्यापक दमन गरेको प्रेस बिज्ञप्तिमा उलेख्य रहेको छ । नेपाल प्रहरीले बारम्बार रैलीलाई बिथोल्ने र रोक्ने प्रयास गरेको प्रति जनमत पार्टीको आपति रहेको छ । गाँउ गाँउ बाट धेरै संख्यामा आएका जनमत पार्टी का नेता कार्यकर्ताहरूले बि.पि चौक बाट रैली निकाल्दा नेपाल प्रहरीले विथोल्ने प्रयास गर्दा केहीबेर बिपि चौक तनाव ग्रस्त भएको थियो भने घमसा घमसी र झडप पछि रैली पुन स् नगर परिक्रमा का लागि अगाडि बढेको थियो
घमसा घमसी को क्रममा केन्द्रीय नेताहरु ललित मल्लिक शानु , अशोक कुमार सिंह, जिल्ला सचिव बिकास कुमार यादव लगायत नेता हरुलाई प्रहरीले लछार पछार गरेको थियो । जनमत पार्टीका रौतहट जिल्ला कार्यवाहक अध्यक्ष व्रजकिशोर यादव को नेतृत्वमा निस्केको जुलुस प्रहरी संग झडप र घमसा घमसी गर्दै नगर परिक्रमा गरि पुनस् बिपि चौकमा आएर प्रधानमन्त्रीको पुतला दहन गर्दै कोण सभामा परिणत भएको थियो ।