रौतहटमा हतियार देखाएर मोटरसाइकल लुट्यो

रौतहट १९ असार ।
रौतहट स्थित गएराती अपराधिक समुहले हतियार देखाएर मोटरसाइकल लुटेका छन । जिल्लाको मौलापुर देवाही बिच लालबकैया नदिको पुलछेउमा पल्सर मोटरसाइकलमा पहिलेदेखी घातलगाई बसेका २ जनाको समुहले बिहिवार सांझ ८.३० बजे हतियार देखाई मोटरसाइकल लुटेको हो । बारा माहागढिमाई नपा ४ दहियारका बर्ष २१ सुनिल साह लगन लिएर कटहरिया जानेक्रममा देवाही पुल छेउमै हतियारको भरमा रोकेर सुपर स्प्लेणर औनटेस्ट मोटरसाइकल लुटेर भागेको बताए । सो क्रममा उनिहरुले हातपात समेत गरेको पीडित सुनिलले बताए । ईलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख इन्स्पेक्टर मेदनी साहले घटना लगत्तै गएको प्रहरीटोलिले घटनास्थल बाट एउटा ग्लैमर मोटरसाइकल बेवारिसे अवस्थामा बरामद गरेको बताए । बरामद मोटरसाइकल लुटेरा समुहको हुनसक्ने बताउदै घटना बारे अनुसंधान भैइरहेको जानकारी दिए । उक्त घटना हुनुको केहिबेर अगाडि सोही ठाउँमा मोटरसाइकल लुट्नगएका २ जना पक्राउ परेकाले दोस्रो घटनामा उनिहरुको समेत संलग्नता हुनसक्ने प्रहरीको अनुमान रहेको छ । यो घटनाको २ दिन अघि मात्र फतुवा बिजयपुर नपा बडहरवा टोलका अबरारुल देवानको घर बाट २२० सिसिको मोटरसाइकल चोरी भएको छ । उक्त घटनाको अनुसंधान भैइरहेको इलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।