मौलापुरकी मेयर साह एमालेबाट निस्काशित

रौतहट ६ फागुन । नेकपा एमाले मधेश प्रदेश समितिको सचिवालय बैठकले मौलापुरकी मेयर रिना साह लाई कार्वाही गरेको छ ।
मेयर साह सहित १० जनालाई कारवाही गरेको नेकपा एमालेले जनाएको छ ।
एमालेले साहलाई मेयर पदबाट निलम्बन हुने गरी नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जनाएको छ ।
मेयर साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहका श्रीमती हुन । मेयर साहलाइ पार्टी बिरुद्ध गतिबिधि गरेको भन्दै यसअघि दुई पटक एमालेले स्पस्टीकरण सोधेको थियो । उनले स्पस्टिकरणको जवाफ नदिएको एमाले ले जनाउदै आएको थियो ।
कार्वाहीमा परेका अन्यलाई पार्टीबाट ३ महिनाका लागि निलम्बन गरिएको एमाले मधेश प्रदेश समितिले जनाएको छ ।