मौलापुर नपाको कवारेनटिन बाट १०६ घर फर्किए


आरके श्रीवास्तव रौतहट । अषाढ ०५
मौलापुर नगरपालिकाको क्वारेन्टाइनमा बस्ने कोरोनाहरुको स्वाब परीक्षण गरेर निगेटिभ आएका लाइ हिजो सम्म १०६ व्यक्तिहरुलाई घर पठाईएको हो । मौलापुर न.पा.को स्वास्थ्य संयोजक सुरेन्द्र साहको अनुसार क्वारेन्टाइनमा बसेको १४ दिन कटेको र परीक्षण निगेटिभ भएकालाई घर पठाइएको बताए । मौलापुर नगरपालिका अन्तर्गत बिभिन्न क्वारेन्टाईनहरूमा रहेका जम्मा ११७ जना मध्ये ९९ जनाको रिपोर्ट आएको छ । जसमध्ये ८६ जनामा निगेटिभ र ३ जनामा पोजेटिभ देखिएको हो । स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा ११७ जनामध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएको मौलापुर नगर प्रमुख रिना कुमारी साहले बताए । जसमा ४ जनालाई निको भए पछि डिस्चार्ज गरी घर पठाएका छन् । नयाँ संक्रमितहरु ३ जनालाई धरहरी स्थित रहेको आइसोलेसन कक्षमा पठाइएको छ । मौलापुर नपाको कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि मौलापुर नगरपालिकाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा बस्नेहरूले घर फर्काइएको छ ।
अहिले मौलापुर नगरपालिकाको क्वारेन्टाइनमा १९ जना कोरोना संकास्पद बिरामीहरु रहेको मौलापुर न.पा. स्वास्थ्य संयोजक साहले जानकारी गराए ।