प्रहरीद्वारा तस्करीको साढेसात लाख बराबरको खसी बरामद


आर्दश उपाध्याय । रौतहट । असार ०५ गते
प्रहरीले सातलाख ५० हजार मूल्य बराबरको भारतिय खसी बरामद गरेको छ । जिल्लाको राजपुर नगरपालिका वडा ६ कुडिआ गाउँमा एउटा गोठमा लुकाइराखेको अवस्थामा प्रहरी गस्ती टोलिले ३५ थान खसी बरामद गरेको हो । विभिन्न चोर बाटो हुँदै भारत बिहार पुर्वी चम्पारण कुण्डवा चैनपुर बजार बाट तस्करले ठुलो संख्यामा खसी भित्रयाएको सूचनाको आधारमा प्रदेश २ , जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालय राजपुरको संयुक्त टोलिले उक्त खसी बरामद गरेको स ई दिपक गुप्ताले जानकारी दिएका छन । खसिको तस्करी गर्ने तस्कर भने फरार भएको छ । बरामद खसिको बजार मूल्य ७ लाख ५० हजार बढी हुने र आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईने रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन । सशस्त्र प्रहरी बलका सुरक्षा कर्मीलाइ सीमा निगरानी अवैध आप्रवासन तथा तस्करी नियन्त्रणको जिम्मेवारी दिनेगरी सशस्त्र प्रहरी बल ऐन २०७४ लाइ संशोधन गर्ने व्यवस्थापन गर्न गृह मन्त्रालय लाइ निर्देशन दिने समितीको निर्देशनमा भनिएको हो । यस्तै सीमामा बोर्डर आउटपोस्ट बिओपी लाइ अत्यावश्यक सुविधा सहित बाहृै महिना बस्न सकने गरि परिचालन गर्न भनिएको हो । तर रौतहट र बाराका सिमा मा रहेको भारती एसएसबि र नेपाल सशस्त्र प्रहरीका जवान बोर्डरमा गृह मन्त्रालयका निर्देशन अनुसार जिम्मा पाएता पनी आर्थिक प्रलोभनका कारण उनीहरुले स्थानिय तस्हरुको समूहहरु बाट मोटो रकम लिइ व्यापक रुपमा राति ८ बजे देखि ७ बजे बिहान सम्म व्यापक रुपमा तस्करी गराइरहेको स्थानियहरुले बताएका छन् । त्यसै क्रममा प्रदेश नम्बर २ बाट नेपाल प्रहरीका सदा पोसाकमा आएका प्रहरी ,रौतहट जिल्ला प्रहरी कार्यालय प्रसनी सदा पोशाक मा रहेका महेन्द्र राय यादव को कमाण्डमा खटि गएको गस्ती टोलीले भारतको चैनपुर नाका बाट आएको खसी बराद गरिएको हो ।