माहाकार पोखरीको ठेक्का डाँक बढाबढ प्रक्रिया बाट प्रदिप यादवले गरे साकार


आरके श्रीवास्तव । रौतहट । आषाढ ०३ गते
रौतहट जिल्लाको मौलापुर नपा अन्तर्गत वडा नम्बर ६ मा रहेको माहाकार पोखरिको ठेक्का डाँक बडाबड प्रक्रिया बाट सम्पन्न भएको छ । श्री माध्यमिक विधालय पथरा बुधरामको नाममा रहेको किता नम्बर ८२६ को ८ विगहा १५ कठ्ठा ८ धुर क्षेत्रफल को पोखरि ठेक्का का लागि आज डाँक लगाउन भेला बोलाईएको थियो । विधालयले २०७७ बैशाख ३० गते सुचना निकाली पाँच वर्षको लागि नयाँ ठेक्का पट्टाको सुचना निकालेको थियो । सोहि अनुसार आज ठेकेदारहरू जम्मा भएका थिए । ठेक्का को बोल ७५ लाख बाट शुरू भएको थियोे । जुन १ करोड ६० लाख बाट माथि कोहि अगाडि बढन नसकेका कारणले त्यति मै ठेक्का दिईएको विधालय व्यवस्थापन समिति का अध्यक्ष रामप्रसाद यादवले जानकारी गराएका हुन् । यस अघिको ठेक्का ६८ लाखमा दिईएको थियो । यस कुल मिलाएर विधालयको हकमा ९२ फाईदा भएको अध्यक्ष यादवले बताए । पोखरिको ठेक्का आफुले पाँच वर्षको लागि सकार गरेको र कुल रकम को पाँच प्रतिशत ८ लाख रकम विधालय व्यवस्थापन समिति लाई बुझाएको जानकारी गराए । ठेक्का पट्टा २०७७ साल बैशाख १ गते देखि २०८१ बैशाख १ गते सम्म पाँच वर्ष का लागि ठेकेदार प्रदिप यादव लाई दिएको प्रअ रामएकवाल यादवले बताए । विधालय व्यवस्थापन समिति को अध्यक्ष मा रामप्रसाद यादव आएपछि निरन्तर विधालयको हकहित संघर्ष गर्दै विधालयको विकास र समृद्धि का लागि अगाडि बढदै आएका हुन । यस अघि पनि विधालयको नाममा रहेको ३ बिगहा जग्गा लाई वार्षिक ९ हजार दिदै आएको मा डाँक बडाबड प्रक्रिया बाट वार्षिक ६६ हजार मा ठेक्का लगाउन सफल भएका थिए । यसरी अध्यक्ष यादव विधालयको हकहित को निरन्तर लागेको प्रष्ट रूपमा देखिन्छ । विधालय हकहितको लागि उनलाई कति पटक जेल समेत जानू परेको थियो । वहाँ २०७० सालमा विधालय व्यवस्थापन समिति को सदस्य रहदै अहिलेसम्म विधालयकै सेवामा लागि राख्नु भएको छ । विधालयको गुणस्तरीयता बढाउन आफु हरसम्भव प्रयास गरि शिक्षा मा सुधार गर्ने प्रतिबद्धता पनि जनाउँदै आएका छन् । यस अवसरमा रौतहट र बारा जिल्लाका ठेकेदारहरु,विधालय व्यवस्थापन समितीका सदस्यहरु,विधालयका कर्मचारीहरु,भद्रभलादमी,राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।