जोर बिजोरका आधारमा सवारी संचालन गर्ने जिल्ला प्रशासनको आदेश

रौतहट । अषाढ ०३
रौतहट प्रशासनले यसअघि वितरण गरेको सबै सवारी पास रद्द गरेको छ ।जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबार एक सूचना जारी गर्दै असार २ गतेबाट लागु हुने गरि खारेज गरीएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार अव जिल्ला भित्र जोर र बिजोर प्रणालीका आधारमा सवारी संचालन गरिने भएको हो । यसअघि जारी गरिएको पास देखाई कतिपय निजि दुई पाग्रे र चार पाग्रे नियमित संचालन भईरहेको भन्ने बुझिएकाले सवारी पास रद्द गरीएको प्रशासन कार्यालय द्धारा जारी सूचनामा उल्लेख छ । कोभिड १९ को बढ्दो संक्रमण नियन्त्रण तथा बन्दाबन्दीको बर्तमान अवस्थामा सहजिकरण तुल्याउन प्राप्त निर्देशन अनुसार मोटरसाईकलमा चालक मात्र रहने गरी र निजि सवारी साधनमा चालक बाहेक थप २ जना सवार हुन दिने प्रशासन कार्यालयद्धारा जारी भएको सूचनामा उल्लेख छ ।अब गाडी जोर बिजोरका आधारमा संचालन गर्ने दिने जिल्ला प्रशासन कार्यालय रौतहट जनाएको छ ।