कलैया गपुर, मलाही सडक अन्तिम चरणमा

आर्दशवाणी संवाददाता । बारा, ५ मंसिर । राष्ट्रिय ग्रामिण यातायात सृद्रिढिकरण आयोजना अन्तर्गत बारा जिल्लाको कलैयादेखी पूर्व, मलाहीसम्म सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कलैयाको टेग्रहर खोलादेखि गंजभवानीपुरहुँदै मलाहीसम्म करिब साढे १६ किलोमिटर सडक निर्माणको कार्य गंजभवानीपुर, कोपवा र मलाहीटोलमा गरी साढे ३.५ किलोमिटर जम्मा ओटासिल (कालोपत्रे) निर्माणको कार्य हुन बाँकी रहेको छ । पूर्वाधार विकास कार्यालय पर्साको सम्पर्क इकाई कार्यालय बारा द्वारा सञ्चालित सो सडकको भौतिक प्रगती ७५ प्रतिशत अर्थात वित्तिय प्रगती पौने ४४ प्रतिशत पुरा भएको एस.एन.आर.टि.पि.का सूचना अधिकारी एवं् ईन्जिनियर दिपक मिश्रले बताउनुभयो । कलैयादेखी पूर्व गपुर, बगडमपुर, गडहल, बसतपुरसम्म कालोपत्रे सडकको निर्माण कार्य शतप्रतिशत पुरा भएको उहाँले बताउनुभयो । गंजभवानीपुर, मलाही र कोपवा टोलको बजारक्षेत्रमा करिब साढे ३ किलोमिटरको बाटोमा समान्य विवाद रहेकाले उ ठाउँमा पनि छिट्टै समस्या समाधानगरी निर्माण कार्य सम्पन्न गरिने ईन्जिनियर मिश्राले जानकारी दिनुभयो । २०७३ माघ २३ गते सपना÷शिवशक्ति जे.भि.कन्ट्रक्शनले १२ करोड ८१ लाख छ सय ५५.९७ रुपैयामा सो सडक ०७५ बैशाख १७ गते निर्माणकार्य सम्पन्नगर्ने सम्झौता गरेको थियो । समयमा सडक निर्माण सम्पन्न नभएपछि पहिलो र दोस्रो म्यादसँगै आउने पुस १५ गते यो, प्रोजेक्टको नै म्याद समाप्त भई रहेको परियोजनाको ईन्जिनियर (डी.आई) संजयप्रसाद साहले बताउनुभयो । उत्ता सो सडक निर्माणगर्न एस.एन.आर.टि.पि.ले १८ फिट भित्र नाला सहितको सडक निर्माणगर्ने प्रस्ताव पेश गरेपनि स्थानीय समितिले ३० फिट भित्रमा नाला सहितको सडक निर्माणगर्ने सहमती गरेका छन् ।