घाईते कलवारको थप उपचार काठमाण्डौमा
आर्दशवाणी संवाददाता । वीरगंज ४ मंसिर । नेपाली कांग्रेस पर्साका समानुपातिक प्रदेश सभासदस्य ओमप्रकाश शर्मा र वीरगंज महानगरपालिका नगरकमिटिका अध्यक्ष भोला कलवार बीच बुभवार बिहान कुटाकुट भए पछि स्वास्थ्यमा समस्या देखिए पछि थप उपचारको लागि भोला कलवारलाई काठमाण्डौ पठाएको छ । झगडा पछि दुवै जना उपचारको लागि नारायणी अस्पताल वीरगंजमा भर्ना भएका थिए । उपचार पछि प्रदेश सभासदस्य शर्मा घर फिर्ता आएपनि कलवारको अवस्था खराब भएपछि थप उपचारको लागि काठमाण्डौ पठाएको पर्सा प्रहरीले जनाएको छ । पहिला देखी नै उनी ब्लड् प्रेसरका बिरामी रहेकाले उहाँको स्वास्थ्यमा समस्या बढी देखिको हो, घटनाबारे भोलाको नाकबाट रगत बढी बगेको छ । वीरगंजको नगरसभा गृह (टाउन हल) सम्बन्धित विषयलाई लिएर विवाद हुँदा आज बिहान दुवै नेता विच कुटाकुट भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । वीरगंज आदर्शनगरस्थित रहेको बब्लु टिस्टलमा टाउन हलको विषयलाई लिएर प्रदेश सभासदस्य शर्मा र नगरअध्यक्ष कलवार बीच भना–भन भएपछि कुटाकुट समेत भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुबै जना विच एक बर्ष पहिला देखी नै टाउन हलको बिषयमा विवाद हँुदै आएको थियो ।