हेटौंडामा बस पल्टिँदा १४ जना घाइते, दुईजनाको अवस्था गम्भीर

हेटौंडा–हेटौंडा–९ पशुपतिनगरमा बस दूर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा– ९ गएराती करिब १ बजेको समयमा बुस दूर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बुटवलबाट काकडभिट्टाको लागि छुटेको लु १ ख ७१०७ नम्बरको रात्रिबस अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते सबैको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने दुईजनाका अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनाग्रस्त बसको कारण गएराती केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्धसमेत भएको थियो । बसलाई सडकबाट हटाइएपछि रातीदेखि नै राजमार्ग सुचारु गरिएको प्रहरीले जनाएको छ ।