लाखौं रुपैया सहित दुई महिला पक्राउ

रौतहट, ३ भदौं । रौतहटमा लाखौं रुपैया सहित दुई महिला पक्राउ परेकी छिन् । विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नं. ३ महादेवपट्टी स्थित दशगँजा क्षेत्रमा घाँस काट्न भनि आएकी दुई जना भारतीय महिलाको साथबाट स्रोत नखुलेको छ लाख ४० हजार बरामद भएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । रकम सहित पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्ला सितामढी बैरगनिया ग्राम पंचायत वडा न. १ सिन्दुरीया बस्ने वर्ष ४५ की शान्ति देवी र सोही ठाउँ वस्ने वर्ष ४५ की मिना देवी पक्राउ परेकी छिन । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले सो महिला माथि शंका लाग्दा प्लाष्टिकको झोला चेकजाँच गर्दा झोला भित्र श्रोत नखुलेको सो रकम फेला परेको तथा उनीहरु माथि अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।