आगलगीबाट तीन घर जलेर नष्ट, लाखौंको क्षती

बारा, ३ भदौ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ गंजभवानीपुरमा बुधबार पौने ४ बजे तिर ग्यास लिक भएर आगलागी भएको छ । खाजा खानको लागि पकौडी बनाई रहेको दिपक साहको घरमा आज ग्यास लिक भएर आगलागी हुँदा उहाँका भाई प्रदिप साह, दिपक साह र प्रमोद साह तीन जना दाजूभाईको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगोलाई स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बेस बरियारपुर र नगर प्रहरी बरियारपुर तथा कलैया उपमहानगरपालिकाबाट आएको बारुण यन्त्रले करिब ४५ मिनेटमा आगोलाई नियन्त्रणमा लिएको थियो । आगलागीबाट तीनै दाजूभाई करिब १०÷१२ लाखको क्षति भएको पीडित तथा प्रहरी चौकी गंजभवानीपुरका प्रहरी नायव निरीक्षक रामउद्य शर्माले जानकारी दिनुभयो ।