आरके श्रीवास्तव,रौतहट,२०७९ जेठ २० गते
रौतहट । रौतहटको दक्षिणी बौधीमाइमा नगरपालिकाको कार्यपालिका सदस्यको लागि काँग्रेस,एमाले र जसपा बिच गठबन्धन भएको छ । कार्यपालिकामा आफनो जित दर्ज गर्नको लागि दुवै पार्टी बिच सहमती भइ चुनावमा गएको बुझिएको हो ।
गठबन्बधन पछि सम्पन्न भएको कार्यपालिका चुनावमा पुरै प्यानल निर्वाचित भएका छन् । आठै जना उम्मेदवार तिनटै पार्टीका हुन् ।
नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका तिनै दलका आठ जना निर्वाचित भएको बौधीमाइका निर्वाचन अधिकृत गुणराज पराजुलीले जानकारी गराउनु भयो । निर्वाचित भएका कार्यपालिका सदस्यहरुमा नेपाली जसपाका ४ जना , एमाले पार्टीका २ ,काँग्रेस १ र स्वतन्त्र १ जना रहेका छन् ।
बौधीमाइ नगरपालिकाको महिला कार्यपालिका सदस्यहरुमा आशा कुमारी बैठा,तितिया देवी,नबिनन खातुन,सुनैना देवी,सुजाता देवी छन् भने दलित तथा अल्पसङ्ख्यकबाट हरिशचन्द्र दास,बिहारी ठाकुर,सुनिल जयसवालले उम्मेदवारी दिएका थिए । सबै सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत पराजुलीले जानकारी गराउनु भएको हो ।