चीनमा कोरोना भाइरसको बारेमा जनचेतना फैलाउने डाक्टर ली वेनलियांगको मृत्यु भएको छ । उनको कोरोना भाइरसको संक्रमणबाट बिहिबार मृत्यु भएको हो ।
उनलाई वुहान सेन्ट्रल हस्पिटलमा काम गर्ने क्रममा कोरोना भाइरसको संक्रमण भएको थियो ।
उनलाई प्रहरीले कोरोना भाइरसको बारेमा पहिलोपटक जानकारी दिँदा अनावश्यक फैलाएको आरोप समेत लगाएको थियो ।
सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार ३४ वर्षीय वेनलियांगले अन्य डाक्टरहरुलाई कोरोना भाइरसको बारेमा जानकारी दिँदै आएका थिए । उनले गत डिसेम्बर ३० मा कोरोना भाइरसको बारेमा जानकारी दिएका थिए । उनलाई प्रहरीले झुटा हल्ला नफैलाउन चेतावनी समेत दिएको थियो ।
वेनलियांगले स्थानीय सी फुडका कारण सात जना बिरामीमा सार्स जस्तै संक्रमण देखिएको विषयमा मेडिकल युनिभर्सिटीका आफ्ना साथीहरुलाई विच्याटमा बताएका थिए ।
उनले साथीहरुलाई परिक्षणको क्रममा भाइरस जिवाणु कोरोना भाइरस समूहको भएको जानकारी दिएका थिए ।