रवि लामिछाने नागरिकता लिएर उपचुनाव लडन सक्नुहुन्छ : सुवास नेम्वाङ

काठमाडौं, माघ १४ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले रवि लामिछानेमाथिको सर्वाेच्च अदालतको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने बताउनु भएको छ ।पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपाध्यक्ष नेम्वाङले यस्तो बताउनु भएको हो । ‘कानूनबमोजिम जो कोहीमाथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यका रूपमा होइन, स्वभाविक रुपमा लिनुपर्छ,’ नेम्वाङले भन्नुभयो ।उहाँले अदालतको फैसलाअनुसार नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने बताउनु भयो ।उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार खडा गर्ने र सोही उम्मेदवारको नाममा राष्ट्रिय सहमति खोज्ने बताउनु भयो । राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएकोले एमाले नै उम्मेदवार खडा गर्ने उहाँको भनाई थियो ।राष्ट्रपतिका विषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहनुभएको उहाँले जानकारी दिनुभयो । नेम्वाङले यस विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको बताउनु भयो ।सभार जनता टाइम्स