राहतमा गुणस्तरहीन चामल भेटिएपछि अनुगमन शुरू

पर्सा, बैशाख १८ गते । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा बिहिवार वीरगंज महानगरले वितरण गरेको राहतमा केही वडामा गुणस्तरहीन चामल भेटिएपछि यसबारेमा अनुगमन शुरू गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुले वीरगंज महानगरपालिका वडा नं. १४ को कार्यालयमा राहत वितरणका लागि राखेको चामलको नमूना सड्ढलन गरेको छ । न्यु बोलबम खाद्य सप्लायर्स, अनुज खाद्य भण्डार, विद्याञ्चल खाद्य भण्डारबाट आएको चामलको नमूना संकलन अनुगमन टोलीले गरेको छ । टोलीले तौल कम देखिएको चामलको बोरासमेत लिएर गएका छन् । सील बोराको नमूना लिएर अनुगमन टोली गएको वडाध्यक्ष भरत कुर्मीले जानकारी दिए । उनीहरूले सील खोलिएको बोरामा कुहिएको देखिएपछि त्यसको नमूना नलिंदा विवाद गरेका थिए । स्थानीयहरु कुहिएको चामलको नमूना सड्ढलन गरिनुपर्ने स्थानीयले माग गरेका छन् । अनुगमन टोली नमूना लिनुका साथै सम्बन्धित उद्योगमा समेत छापा मारेको छ । उत्पादन भइरहेको स्थानमा र त्यसको भण्डारण गरिएको गोदाममा अनुगमन टोलीले छापामारी नमूना सड्ढलन गरेको छ । संकलन गरिएको नमूना खाद्य अनुसन्धान केन्द्र हेटौंडा पठाइने र त्यसको परीक्षण रिपोर्ट आएपछि कसूर अनुसार कारबाई गरिने जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।