प्रहरी चौकी बंकुलद्धारा लाखौको मालसमान बरामद

रौतहट । भदौ ११ गते
रौतहटको प्रहरी चौकी बंकुलका टोलीले भारत बाट भन्सार छली गरेर ल्याईरहेको मालसमान बरामद गरेका छन। आज बिहान साढे चार बजेको समयमा प्रहरी चौकी बंकुलका ईन्चार्ज संजय बोहराले उक्त मालसमान नियन्त्रनमा लिएको हो । भारतको घोडासाहन बाट २ लाख ५० हजार मुल्यबराबरको ४ बोरा कपडा र २ बोरा सुरती पक्राउ गरेका छ। भारतिय तस्करहरुले राजश्व छली गरेर टाउकोमा राखेर नेपाल ल्याउदै गर्दा गस्तीमा गएको प्रहरीलाई हेरेर समानहरु फालि भागेका प्रहरी चौकी बंकुलले जनाएको छ् । सिमावर्ती भारतिय बजार जमुनियाका तस्करहरु श्यामशुन्द्र कुशवाहा,संनदिप यादव र नेपालको बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा न.८ कचोरर्वा निवासी उमेष साहको साथै ,भारतकै झरौखरका बासिन्दा गुडु यादव लगाय्त का तस्करहरु फरार भएका र तिनीहरुको खोजीकार्य भई रहेको प्रहरीले जनाएको छ।पक्राउ परेको मालसमान आवश्यक कर्यवाहीको लागी जिल्ला भंन्सार कार्यालय गौर पठाईएको प्रहरी चौकी बंकुलका ईन्चार्ज बोहराले बताउनु भयो।लकडाउनको समयमा पनि तस्करहरुले तस्करी कार्य जारी राख्दा सुरक्षकर्मी माथी नै गंम्भिर आरोप लागेका छन। जिल्लाको पुर्वी भेगको महादेवपटि औरैया महुलिया खापघिउरा नरकटिया बंकुल बाराको कचोर्वा र सिमौनगढ लगाएतका सिमा नाकामा बसेका सशस्त्रका प्रमुखहरुले सिमावर्ती क्षेत्रमा काम गर्ने तस्करहरु संग मोटो रकम लिएर राती राती भारतको बिभिन्न बजार बाट चयनपुर घोडासाहन आदापुर र बैरगिनिया लगाएतको शहरबाट बिभिन्न किसिमका हाडवेयर कस्मेटिक खाध्यान समाग्री लत्ताकपडा बिभिन्न गाडीका स्पेयर पार्ट तस्करी हुदै आईरहेको स्थानियहरुले बताएका छन।