प्रहरी हिरास्तमा मृत्यु भएको रामको दोषीलाई कार्यवाहीको दायरामा ल्याउन माग

रौतहट । भदौ ११ गते
जनता समाजवादी पार्टीका रौतहट जिल्ला इन्चार्ज एवं मधेश प्रदेश सदस्य वृज किशोर यादवले प्रहरी हिरास्तमा बसबिटि जिंगडियाका विजय राम चमारको मृत्यु भएको खबरले आफनो पार्टी र आफुलाई स्तब्ध बनाएको बताएका छन ।
नेता यादवले आज एक प्रेस विज्ञप्ती जारी गर्दै गरुडा नगरपालिका ८ बसबिटि जिंगडियाका निरन्जनको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धानको लागि हिरासतमा लिएका युवक विजय रामको गएराति भएको दुखद निधनले आफुलाई दुखी बनाएको जनाएको छ ।
हिरासतमा रहेका चमारको नेशनल मेडिकल कलेज विरगंजमा गएराति १ बजेको समयमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
गएको साउन ३२ गते गरुडा नगरपालिकाको जिंगडिया स्थित शिवानी आयल स्टोर्स नजिक अज्ञात समुहले सर्च नरसरी फलफुल गरुडामा कार्यरत जिंगडिाका निरन्जन रामको घाटी रेटेर विभत्स हत्या गरेको थियो ।
हत्याको आरोपमा घटनाको भोलीपल्ट गरुडा प्रहरीले मृत्क विजय राम चमार सहित ७ जनालाई पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा रहेका चमारको प्रहरीको निर्घात कुटपिटबाट मृत्यु भएको नेता यादवले विज्ञप्तीमा उल्लेख गरेका हुन ।
हिरास्तमा रहेका बेला प्रहरीले ज्यान लिने गरी निर्घात कुटपिट गरेको र चरम यातना दिएको कारण चमारको मृत्यु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
घटनाको प्रकृति हेर्दा सर्च नर्सरीका सञ्चालक लखन साह र राजाराम साहलाई बचाउने नियतले अनुसन्धानको बहानामा निज विजय रामलाई प्रहरीले कुटपिट गरेको कारण उनको शरीरको विभिन्न भागमा चोटपटक देखिएको र निलडाम समेत देखिएको जनाइएको छ ।
विज्ञप्तीमा जनता समाजवादी पार्टीका जिल्ला इन्चार्ज वृज किशोर यादवले हिरासतमा निर्घात कुटपिट गरी विजय रामको ज्यान लिने प्रहरीलाई कार्यवाही स्वरुप निलम्बन गर्न माग गरेका छन ।
हत्या गरिएका निरन्जन राम र प्रहरीको कुटाईबाट मृत्यु भएका विजय राम चमारको परिवारलाई राहत सहितको उचित क्षतिपुर्तिको व्यवस्थ ागर्न तथा विजय रामलाई शहिद घोष्णा गर्न नेता यादवले माग गरेको विज्ञप्तीमा जनाइएको छ ।
रामको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका निर्दोष व्यक्तिलाई अविलम्ब रिहा गरी फरार रहेका दोषीलाई पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउन माग गरेको हो ।
रामको निर्ममतापुर्वक हत्या गर्ने वास्तविक हत्यारालाई कार्यवाही गर्न र निर्दोषलाई रिहा गर्न नेता यादवले प्रशासनसँग जोडदार माग गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।