नदिमा हराईरहेका दुई बालिका मध्ये एक को शव भेला


रौतहट । साउन ११ गते
रौतहट जिल्लाको भकुवा नदीमा हिजो देखि हराईरहेका दुई बालिका मध्ये एक जनाको शव आज बिहान फेला परेको छ । हिजो शनिबार साँझ ४ बजेदेखि ती दुई बालिका नदिमा हराईरहेकी थिईन् । प्रहरी लाई अभिभावकले खबर गर्ने लगत्तै खोजतलासमा जुटेको थियो । सोहि क्रममा आज आईवार बिहान करिब ९ बजे शव भेला परेको प्रहरीले जनाएको छ । फतुआ विजयपुर नगरपालिका वार्ड नम्बर २ सितलपुर निवासी रामअयोध्या प्रसाद यादवको दुई छोरीहरू वर्ष १० कि मनिषा कुमारी यादव र वर्ष १२ कि पुजा कुमारी यादव हराएकि थिईन् । दुई जना मध्ये मनिषा को शव फेला परेको हो भने पुजा अझै वेपता छिन । एलकेजि र युकेजिमा अध्यनरत ती दुई बालिका को परिवार अहिले शोकमा डुबेको छ । घटना स्थलमा ईप्रका मौलापुर र फतुआ विजयपुरको टोली पुगेको थियो । हराईरहेको बालिकाको खोजतलास भईरहेको र शव लाई पोष्ट मार्टम को लागि जिल्ला अस्पताल गौरमा पठाउने तयारी भईरहेको फतुआ विजयपुरका ईन्सपेकटर चन्द्रकिशोर साहले जानकारी गराएका हुन् । हिजो मात्रै रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर १ दिपही मा पानीमा डुबेर नितेश महतो को २ बर्षको छोरी पुजा महतोको घर आगाडीको पानीमा डुबेर ज्यान गएको थियो । पानीको निकास नहुदा वालिका डुबेको वताईएको थियोे । यसरी पानीमा डुबेर बालबालिकाको मृत्युु हुनेको संख्यामा बढ्न थाले पछि आफनो बालबालिकाहरू लाई निगरानी गर्न ईप्रका गरूडाका डिएसपी ज्ञानकुमार महतोले सबै जनमानसमा अनुरोध गरेका छन् ।