प्रभु साहको निर्देशनमा विधायक कुशवाहा एकपछि अर्को उदाहरणीय काम गर्दै


रौतहट । साउन १२ गते
नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ का अध्यक्ष र पूर्व मन्त्री ,सांसद प्रभु साहको निर्वाचन क्षेत्र मा जन्ता लाई समस्या हुने बितिकै एकसनमा आउने गरेका छन् । सांसद साह आफनो क्षेत्रको जन्ताको पीडा सुन्ने बितिकै कसैलाई न कसैलाई पठाएर समाधान गराउने गरेका छन् । सांसद साहको निर्देशनमा रौतहटको क्षेत्र नं. ३ (ख) का विधायक कुन्दन कुशवाहाले लाल बकैया र धनसर खोलाको मुख्य बहाव हुने क्षेत्रलाई बहाव परिवर्तन( नदी लाई मोडेर ) गराएर जन्ताको पीडा हरेका छन् । यी दुई नदि र खोला उब्जाउ हुने ठाउँबाट बगिरहेको हुनाले वर्षेनी लगभग ५० बिघा भन्दा बढीमा लगाईएको बाली नष्ट हुने गरेको थियोे । नदि को धार नै मोडिए पछि स्थानीयहरू को लाखौं धनजन क्षति हुन बाट जोगिएको हो । नदिको बालिनाली भए बगीरहेको कारण कृषकहरु अत्यन्तै पिडामा थिए । अब उनीहरू को समाप्त हुने भएको छ । आफैं स्वय दिन रात खटेर विधायक कुसवाहाले नदि बहाव रोकन सफल भएका हुन् । सयौंको संख्या तथा आधुनिक मसिन जेसीबीको मदतले ३ दिन देखि लगातार काम गरेर नदिको मुहान परिवर्तन गराएरै छोडेका छन् । सांसद साहको धेरै जसो काममा विधायक कुशवाहा अग्रनी भूमिका निर्वाह गर्ने गरेका छन् । जसरी रामायणमा भगवान श्रीरामको दूत बनेर हुमानजी काम गर्ने गर्दथे त्यसरी नै विधायक कुशवाहा पनि दूत बनेरै काम गर्ने गरेका छन् । सांसद साहले चाहे कोरोना को विषम परिस्थिति होस्,असिना पानी को कहर होस्,बाढिको कहर होस् सबमा विधायक कुशवाहा लाई नै लगाएर जन्ताको दुस्खमा मलहम लगाउने काम गराउने गरेका छन् । सांसद साह र विधायक कुशवाहाको जोडि रौतहट क्षेत्र नम्बर ३ मा सफल हुँदै गएको राजनीतिक विशलेषकहरूको भनाइ रहेको छ । पछिलो समय प्रदेश सांसद कुन्दन कुशवाहाले यस्तै एकपछि अर्को उदाहरणीय काम गर्दै आइरहेका छन ।
जनताको इच्छा र चाहना अनुसारको काम गरी क्षेत्र नं ३ ख को जनताको प्रदेश सांसद कुशवाहाले मन जित्न सफल भएका हुन । सधै विकास र जनताको समस्या समाधान गर्न तत्पर रहने कुशवाहा पूर्व मन्त्री एवं संघीय सांसद प्रभु साहको विशेष निर्देशनमा उक्त नदीको धार परिवर्तन गरी हजारौं जनताको ज्यान जोखिमबाट जोगाउन सफल भएका हुन् । प्रदेश सांसद कुन्दन कुशवाहाले चालेको यो कदम निकै सराहनीय रहेको भन्दै स्थानीयहरूले उहाँको खुलेर अहिले चारैतिर प्रसंसा गरिरहेका छन् ।