एमालेका बौद्धीमाई नगरपालिकाका मेयर प्रत्याशी साहद्वारा बंकुलमा घरदैलो

अगम कुमार उपाध्याय
रौतहट–एमालेबाट बौद्धीमाई नगरपालिकाका मेयरका प्रत्याशी त्रिभुवन साह भने अमरजीले आज बौद्धीमाई नगरपालिका वडा नम्बर ७ बंकुलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।
मेयरका प्रत्याशी साह तथा उप मेयरका प्रत्याशी फुलवदन देवी पटेलले बंकुल गाउ, बजारका वासिन्दा, व्यपारी लगायतसंग भेटघाट गरी आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन ।
मतदाताको घरदैलोमा पुगेर उम्मेदवार तथा तिनका समर्थकले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन ।
बौद्धीमाई नगरपालिकामा एमालेका उम्मेदवारको पक्षमा अहिले जनलहर बढदै गएको स्थानीयले बताएका छन ।