कोरोना संक्रमित बढदै,रौतहटका प्राय सबै बजारमा देखियो भिडभाड

आरके श्रीवास्तव । रौहतट । अषाढ ०४
रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या दिन प्रतिदिन बढेको बढयै छ बुधवार सम्म एकहजार संक्रमितको संख्या एकहजार नाघी सकेको छ ।
कोरोना भाईरस संक्रमणको कारण बुुधवार सम्म २१ जनाले ज्यान गुमाई सकेका छन ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार दुुईसय भन्दा बढी कोरोना संक्रमित पुुष्टीहुने जिल्लालाई रेडजोनमा राखिनेछ र उक्त जिल्लामा लकडाउन जारीनै रहने छ ।
लगातार तिनमहिना देखी लकडाउनको कारण कतिपय परिवारलाई हातमुुख जोर्न समेत समस्या रहेको हुँदा लकडाउन लगाउन सम्भव देखिएन ।
तर कोरोना भाईरसको संक्रमण बढन नदिन अनेक सावधानी अपनाउन सकिन्छ । बिश्वस्वास्थ संगठनले कोरोना बाट बच्न हमेसा मास्कको प्रयोग,पटक पटक साबुन पानीले हाथधुनुु,भिडभाड मा नजान अनुरोध गरेको छ ।
तर रौतहटको सदरमुकाम गौर देखी गरुडा,चन्द्रपुर,कटहरिया लगायत प्रायं.सबै बजारमा भिडभाड देखिएको छ । मास्कको प्रयोग भएको मानिसको संख्या एकदम न्युुन रहेको छ ।
कटहरियामा किराना पसल,कपडा पसल,हार्डवेयर,तरकारी बजार, होटेल,चिया पसल, अबैध मदिरा पसल सबैमा भिडभाड छ । मास्क प्रयोग छैन सामाजिक दुरीको समेत ख्याल नरहेकाले रौतहटमा कोरोना भाईरसको संक्रमण थप बढदैजाने अनुमान गरीएको छ ।