तेस्रो लिङ्गीलाई स्वास्थ्य सामग्री र एचआईभी संक्रमित लाई पोषण युक्त खानेकुरा बितरण


रौतहट । अषाढ ०४
चन्द्रपुर नगरपालिकाको सहयोगमा सप्तरङ्गी नेपालले चन्द्रपुरमा बसोबास गर्ने तेस्रो लिङ्गीलाई स्वास्थ्य सामग्री बितरण गरेको छ । कोरोना भाईरसको संक्रमण हुन् बाट बच्नको लागि ३३ जना तेस्रो लिङ्गी लाई स्वास्थ्य सामग्री बितरण गरेको सप्तरङ्गी नेपालका कार्यक्रम संयोजक जीना रानाले बताउनुभयो। स्वास्थ्य सामग्रीमा सेनिटाईजर, मास्क, साबुन, ब्रस लगायतका सामग्री बितरण गरिएको छ । यस्तै १३ जना एचआईभी संक्रमित रहेका तेस्रो लिङ्गी लाई पोषण युक्त खानेकुरा समेत बितरण गरिएको आयोजकले जनाएको छ ।