नेपालका लागि बेलायतका राजदूतमा रेग्मी नियुक्त

काठमाडौं, माघ ५

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उहाँलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाउनुभएको छ ।साभार जनता टाइम्स