मौलापुरमा २ दिने सरफ सेम्पु तथा साबुन , बनाउने तालिम सम्पन्न ।

रामसरन यादव
बिपन्न आफ्ना ग्राहक महिलाहरुलाई आत्म निर्भर बनाउने उद्धेश्यका साथ सञ्चालन गरिएको २ दिने सरफ तथा साबुन , सेम्पु बनाउने तालिम सनिबार सम्मन्न भएको छ। अशा लघुवित वितिय सस्था लिमिटेड शाखा मौलापुर द्वारा आफ्नो ग्राहकलाई आयोजनामा संचालन भएको तालिमा ५५ जना बिपन्न महिलाहरुले सहभागिता जनाएका थिए।तालिम दिने अनुभबी प्रशिक्षक कल्याणी खरेल दिएका थिए। आशा लघुवित वितिय सस्था लिमिटेड शाखा मौलापुरको शाखा प्रबन्धक सन्तोष यादवले उधघाटन गर्नु भएको थियो।

सिपयुक्त ब्यक्तिले बाच्न कसैसंग निर्भर नहुने बताउदै शाखा प्रबन्धक सन्तोष यादवले सबै कुरामा हात हाल्दा पनि कुनै कुरामा पनि सफल नभइने भएकोले सरफ तथा साबुन बनाउने सिप सिकेपछि यस तालिमलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गर्नु भयो । महिला भित्र पनि अवसर नपाएका र बिपन्न महिलाहरु भएकाले उनिहरुको आर्थिक अवस्थालाई सुधार ल्याउन महिला तयो पनि बिपन्न र अवसरबाट बिमुख महिलाहरुलाई लक्षित गरी व्यबसायिक तालिमको रुपमा सरफ तथा साबुन , सेम्पु बनाउने तालिम सञ्चालन गरिएको शाखा प्रबन्धक सन्तोष यादवले बताउनु भयो ।
उक्त तालिलमा यस सस्थाका कमचारी हरु रंजित कुमार कामैत , संजय कुमार बिक, उमेश कुमार चौधरी , मुकेश कुमार यादव , काजल कुमारी राउत , लगायतको उपस्थिति थिए। शाखा प्रबन्धक सन्तोष यादव जानाकरी दिए।