एमाले,जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।
एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ। रौतहट निर्वाचन क्षेत्र ३ मा एमाले जसपा,कांग्रेस ,समाजबादी लगायत ६ दलिय महागठबन्धनको घेराबन्दी तोड्दै पुर्व मन्त्री प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको हो । अहिले उनी ५ हजार भन्दा बढी मतको अन्तरले अग्रता लिएका छन । प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साह २१८३२ मत प्राप्त गरि अग्रता कायम गरेका छन भने महागठबन्धका उमेदवार कांग्रेस महाधिवेशन प्रतिनिधि ओमप्रकाश जैसवाल १६५१५ मत प्राप्त गरि दोस्रो स्थानमा रहेका छन । त्यस्तै माओवादीका धिरज पटेल ६०८३ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन । नेकपा एमालेका अध्यक्ष ओलिले मनोनयन दर्ताको पुर्वसंध्यामा जसपा संग जनचाहना बिपरित गठबन्धन गरेको भन्दै तत्कालीन पार्टी स्थायी समिति समेत रहेका प्रभु साहले एमालेको टिकट गोजिमा राखेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका थिए । सोको भोलिपल्ट एमाले पार्टीले प्रभु साहलाई कार्वाही गरि पार्टी बाट निष्कासन गरेको थियो ।लगत्तै कांग्रेस जिल्ला सभापति सुनिल यादव,जसपाका नेता अनिल यादव,एकीकृत समाजबादिका जिल्ला अध्यक्ष कमल यादव ,माओवादी प्रदेश कमिटी सदस्य बिन्देश्वर यादव ,एमाले,लगायत ६ दलका नेता कार्यकर्ताहरु प्रभु साह विरुद्ध महागठबन्धन बनाएका थिए । प्रभु साहलाई चुनावमा पराजित गर्न महगठबन्धनले उधोगपती समेत रहेका प्रतिनिधिसभाका उमेदवार जैसवाल लाई अगाडि राखेर प्रचारप्रसारमा लागेका थिए । माओवादी अध्यक्ष प्रचण्डको पहलमा सता गठबन्धनले प्रभु साहलाई नै अधिकारिक उमेदवार भएको बिज्ञपति निकाल्दा समेत महागठबन्धनका कुनै नेता कार्यकर्ता पछि हटेनन। चुनावको पुर्व संध्या सम्म ६ दलिय नेताहरु महगठबन्धनको साझा उमेदवार जैसवालनै हो भनेर क्षेत्रभरी घरदैलो,कोणसभा ,चुनावसभ गरिरहे। अर्को तर्फ प्रतिनिधिसभा सदस्यको माओवादीको टिकट पाएका रबिन्द्र पटेल पार्टी निर्देशन बिपरित आफुनै अधिकारिक उमेदवार हुं भन्दै निर्वाचनमा होमिएका छन ।
तर पनि क्षेत्र ३ का मतदाता कसैको प्रभावमा नपरेर स्वतन्त्र उमेदवार प्रभु साहलाई ठुलो परिमाणमा मतदान गरेको स्वतन्त्र जिताउ अभियानका अध्यक्ष त्रिभुवन साहले दाबी गरेका छन । पुर्वमन्त्री तथा प्रतिनिधिसभाका उमेदवार प्रभु साहले आफू क्षेत्रबासिको चाहना अनुसार काम गर्दैआएको तथा क्षेत्र लाई समृद्ध बनाउन अहोरात्र खट्दै आएकाले यो पटक पनि फराकिलो मतको अन्तरले आफू बिजयी हुनेमा पुर्ण बिश्वस्त रहेको बताएका छन ।
निर्देशन बिपरित गरेको भन्दै माओवादी पार्टीले प्रतिनिधिसभाका टिकट पाएका रबिन्द्र पटेल,प्रदेश कमिटी सदस्य बिन्देशवर यादव,कटहरिया नगरकमिटी अध्यक्ष नसरुदिन अन्सारी ,मौलापुर नगरकमिटी अध्यक्ष रामप्रवेश यादव लगायतका नेता कार्यकर्ता लाई कार्वाही गरि साधारण सदस्य बाट समेत निष्कासन गरेको थियो ।
माओवादी पृष्ठभुमि बाट अगाडि आएका प्रभु साह रौतहटमा ६ निर्वाचन क्षेत्र हुंदा आफ्नो गृहनगर मौलापुर सहित क्षेत्र ३ बाट २ पटक प्रतिनिधिसभा निर्वाचनमा बिजयी भएका थिए ।जिल्लामा ४ निर्वाचन क्षेत्र बनेपछि २०७४ को चुनावमा क्षेत्र ३ अर्थात यसै क्षेत्र बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसपटक पनि ठुलो मतको अन्तरले उनको जित निश्चित रहेको छ।