लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको छैठौ दिन संपन्न

बिमला गुप्ता
मंसीर,१४

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको छैठौ दिन बुधबार पर्साको ठोरी गाउँपालीकामा एक दिने अन्तकृया तथा ¥याली कार्यक्रम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालको आयोजना तथा ठोरी गाउँपालीका र आसमान नेपालको सहकार्यमा भएको सो कार्यक्रममा गाउँपालीकाकि उपाध्यक्ष महिला सदस्य लगायत स्थानीय महिला, पुरुष र किशारीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि गाउँपालीकाकि उपाध्यक्ष गोकुली कुमारी रेग्मीले लैङ्गिक हिंसा भन्ने बित्तिकै महिला पूरुष माथि हुने विभेद मात्र नभइ लिगंको आधारमा महिला पुरुष तथा तेस्रो लिङ्गि जो कोहि लाइ पनि हुने गरेको बताइन । “कहिले काहि हामी अज्ञानता वस आफुले आफै माथी पनी हिसां गरिरहेका हुन्छौ ,‘ उनले भनीन,‘ हिसां न्युनिकरण गर्न सर्वप्रथम हामी माथी भइरहेको हिसां विरुद्ध आवाज उठाएर समाजमा परिवर्तन ल्याउन सक्छौ । ” उपाध्यक्ष रेग्मीले हिसां मात्र कुटपिटको घटना नभइ हामी माथी शारिरीक मानसिक, समाजिक, राजनितिक, धार्मिक तथा जातिय रंगरुप छुवाछुतको बिभेदहरु हुनु पनि हिंसा भएको बताइन ।

“ राजनितिक कै कुरा गर्नु पर्दा अहिले ५२ प्रतिशत महिलाको संख्या रहेको हाम्रो देशमा ३३ प्रतिशत कोटा दिएको मा पनि हामी महिला पुर्ण रुपमा सहभागी हुन सकेका छैनौ ,‘ उनले भनीन,‘ अहिले प्रदेश तथा प्रतिनिधि सभाको चुनावलाइ पनि हामीले प्रत्यक्ष उदहारणको रुपमा हेर्न सक्छौ । ” उपाध्यक्षका रेग्मीका अनुसार छोराछोरीको को शिक्षामा लिगंको आधारमा गरिने विभेद, भ्रुड हत्या, वैदेशिक रोजगारीमा कमाउन गएका श्रमानको पैसा लिएर श्रीमतिले अन्त्यै दोस्रो विवाह गर्नु, तेस्रो लिङ्गिलाइ घोचपेपच गर्नु जस्ता विकृति रोक्नु पर्ने अवस्था देखीन्छ ।

नेपालमा लैङ्गिक हिंसा विरुद्धको अभियानको सुरुवात भएको १६ वर्ष पुरा भएको र यस प्रति सचेत गराउनका राज्य तथा अन्य संघसंस्था बाट हरेक वर्ष सचेतना मुलक कार्यक्रमको आयोजना हुदै आएको दलित महिला केन्द्र नेपालकि लैगिक विमर्शकर्ता निला रामले बताइन । उनले शिक्षीत समुदायमा पनि विभेद हुने गरेको बताइन । धनि गरिब, रंगरुपको आधारमा दाइजो लेनदेन गर्ने, हाफु भन्दा तल्लो तहको कर्मचारीलाइ हेप्ने गाली गर्ने जस्तो विभेद हुने गरेको बताइन । यसलाइ कम गर्नका लागी हामी सबै एकहुनु पर्नेमा उनले जाड दिइन ।

कतिपय छोरी आफ्नै घर भित्रबाटै हिसांको सिकार भइरहेको आसमान नेपालकि सहजकर्ताको रुपमा कार्यरत किशोरी मोनीका गतानेले बताइन । “ छोरीलाइ भनिन्छ उ त माटोको भाडो हो उसलाइ घर मै राख्नु पर्छ । छोरा जता गएपनि फरक पर्दैन ,‘ उनले भनीन,‘ तर यस्तो सोचलाइ हरेक अभिभावकले बदल्नु पर्छ र छोरीलाइ जस्तै छोरालाइ पनि अन्य चेलिबेटिसंग गरिने असल व्यवहारको बारेमा शिक्षा दिनुपर्छ अनि मात्र बलत्कार तथा अन्य र्दुव्यवहारका घटनामा कमि आउदै जान्छ । ”

निर्मलठोरी उपभोक्ता समितिकि सपिका मगरले महिलाहरुले गर्भदेखी नै हिसांको सिकार हुनु परेकाको बताइन । महिलालाइ अहिले हरेक क्षेत्रमा अहिले कामको अवसर पाइन्छ तर अरुको कुरा सुनेर खुम्चिनु भन्दा डटेर अगाडी बढे समाजमा परिवर्त ल्याउन सकिने सपिका मगरले बताइन । दलित महिला सदस्य वृत माया विकले हिसां सम्बन्धिको आवाज अहिले १६ दिन मात्र नभइ वर्षको ३६५ दिन नै उठाए अनि मात्र यसबाट उन्मुक्ति पाइने बताइन । राज्यले न्यायमा पनि सबैको पहुच बराबरी गर्न जरुरी रहेको उनको भनाइ थियो ।

आशिष समाजिक सेवा नेपालका रोशन सुनारले महिलाहरुले पनि सहेर बस्दा यस्ता समस्याहरु भोग्नु परेको उनले बताइन । उनले महिला माथी पुरुषले मात्र नभइ महिला माथी महिलाले पनि हिंसा गरिहेकाले यस्तो बदलाव आफु बाटै गर्नुपर्नेमा जोड दिए । सो कार्यक्रमको सहजिकरण आसमान नेपाल ठोरीका पालिका संयोजक धर्मेन्द्र चौरसियाले गरेका थिए । अन्तरकृया कार्यक्रम पछि निकालिएको ¥याली वडा नं ३ को महिला बिकासको भवन बाट बिभिन्न नारा लेखिएका प्लेकार्ड सहित गाउँ परिक्रमा गरी वडा कार्यालयमा पुगेर समापन भएको थियो ।