शसस्त्र प्रहरी द्वारा भारीमात्रामा तस्करीको मालसमान पक्राउ

अगम कुमार उपाध्याय
शसस्त्र प्रहरीले रौतहटको सिमा क्षेत्र बंकुलबाट सोमबार ३ लाख ३८ हजार मुल्य भन्दा बढीको समान बरामद गरेको छ । सोमबार दिउसो बौधिमाई नगरपालिका वाड नं. ८ हनुमान चौकबाट सो समान बरामद गरेको हो । शसस्त्र प्रहरी छिन्नमस्ता बाहिनी मुख्यालयको सुचनाको आधारमा बि.ओ.पि. सरमजुवाका स.प्र.नि. विष्णुराज उप्रेतीको कमाण्डमा गएको टोलीले सो समान बरामद गरेको थियो ।बिशेष सुचनाका आधारमा सप्रनि उप्रेतीको कमाण्डमा बाहिनिका स.प्र.ब.ह.संतोष कुमार सिंह र नं.११ गणका सप्रवह उमेश कुमार पण्डितको टोलीले उक्त समान बरामद गरेको थियो । अवैध रुपमा भन्सार छलि २ जना व्यक्तिलBR–06–CE 6515 र BR–06–C 6626 नम्बरको मो.सा.मा राखि भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा कपडा तथा जुत्ता चप्पलहरू बरामद गरेको शसस्त्र प्रहरी निरिक्षक उप्रेतीले जानकारी दिए ।तस्करहरु मो.सा. छाडी व्यक्ति फरार भएको हुँदा उक्त सामानहरू र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक छानविन पश्चात मुल्य रु. ३ लाख ३८ हजार ८४० रुपैया कायम गरी गौर भन्सार कार्यालयमा आवश्यक कारवाहीको लागी पठाईएको शसस्त्र प्रहरी निरिक्षक उप्रेतीले जानकारी दिए ।