वेवारिसे अवस्थामा रहेको मल प्रहरीले बरामद गरीे भन्सारमा बुझाईयो

रौतहट । साउन १८ गते
रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत हिजो विहानको ११ बजेको समयमा प्रहरीले भन्सार छलीका मल बरामद गरेको थियो । कार्यालय मातहत प्रहरी चौकी मोतिपुर नरकटिया र अस्थायी प्रहरी पोष्ट लौकाहाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट परोहा नगरपालिका वडा नं.४ बमनहर स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई ल्याएको मल बरामद गरेको थियो । अन्दाजी करिब रु.५४,०००।( (चौवन हजार) बराबरको ५४ बोरा मल वेवारिसे अवस्थामा फेला पारी रित पूर्वक वरामद गरी आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।