बाइक हराएको दुइ दिन भित्रै प्रहरीले फेलापारी धनिलाई बुझायो


रौतहट । साउन १८ गते
रौतहट प्रहरीको सक्रियताले आज हराएको मोटरसाइकल धनिलाई बुझाउन सफल भएको हो । २०७७ साउन १३ गते जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा न.४ स्थित बाट एउटा बाइक हराएको थियो । हराएको मोटरसाइकिल नम्बर ज. ८ प. ७२५ न. को ल्क् द्दण्ण् सि.सि. पल्सर रहेको थियो । मोटरसाइकिल खोजतलाश गर्ने क्रममा इलाका प्रहरी कार्यालय चन्द्रपुर बाट खट्टी गएको प्रहरीको टोलीले बरामद गरेको थियो । प्रहरीको २०७७ साउन १५ गते अन्दाजि ३ बजेको समयमा जिल्ला रौतहट गुजरा नगरपालिका वडा न. २ चोचा स्थित बागमती सिचाई नहर छेउ जंगल झाडीमा लुकाई छिपाई राखेको वेवारीसे अवस्थामा फेला पारेको थियो । फेला परेको बाइक लाइ इप्रका चन्द्रपुरमा ल्याई उक्त मोटरसाइकिल सम्बन्धित धनिलाई बुझाएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको हो ।