काठमाडौं, माघ ९

‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ । कडा नै हुन्छ । साहस गरौं, दिमागमा कुनै बोझ छ भने हटाइदिनु । आन्दोलन गर्ने हो । आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ’, पुष ९ गते आफु पक्षिय केन्द्रीय सदस्यको भेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभएको थियो । उहाले जनतालाई आफ्ना सबै काम छाडेर आफुहरुको आन्दोलनमा सहभागी बन्न अपिल समेत गर्नुभएको छ ।

गणतन्त्र आएपछि जनता नै सबैभन्दा ठूला भनियो । तर, आज तिनै जनता हिड्ने सडक अवरुद्ध बनाएर नेकपाको एउटा खेममा सडक आन्दोलन गरिरहेको छ । यसअघि प्रर्दशनीमार्गको सडकमा सभा गरेको थियो । त्यसले गर्दा आरआर कलेजमा भईरहेको परीक्षामा सहभागी विद्यार्थी नेताका भाषणा सुन्दै परीक्षा दिन विवश भए । आज पनि राजधानीको अतिव्यस्त हुने सडक रत्नपार्कमा बाटो नै बन्द गरेर जुलुस गरिरहेका छन् ।

जसले गर्दा आ–आफ्नो गन्तब्यमा हिडेका व्यक्तिहरुले भने फेरी पनि दुःख भने जनतालाई नै दिएको भन्दै आक्रोश पोखेका छन् । भोटाहिटीमा रेडिमेड व्यावसाय गर्ने अर्जुन खड्कालाई कीर्तिपुरबाट त्यहाँसम्मको दूरी तय गर्न आज सवा दुई घण्टा लाग्यो । कीर्तिपुरबाट बस चढेर सधैं आधा घण्टामा भोटाहिटी आइपुग्‍थे खड्का । तर आज बल्‍खुबाट उनी चढेको बसलाई ट्राफिक प्रहरीले एकान्तकुना पठायो, तर बसले कतैबाट पनि चक्रपथ भित्र छिर्न पाएन । एकान्तकुनादेखि हिँडेरै उनले भोटाहिटीसम्मको दूरी तय गरे ।

‘के गर्नु, यो देशको सडकमा पनि उनीहरुकै राज छ । सडक अवरुद्ध नगर्ने भनेर पनि केही वर्षअघि सहमति गरेका थिए क्यारे । तर आफ्नो पद र प्रतिष्ठा धरापमा परेपछि उनीहरुलाई जनताका छोराछोरीको दुःखसँग के मतलब ? जनतालाई दुःख दिएर प्रायोजित रुपमा उतारिएका कार्यकर्ताको भीड जति ठूलो भए पनि त्यसले कुनै अर्थ राख्दैन’, सर्वसाधारणले भन्दै थिए । सर्वसाधारणले कार्यक्रम नै गर्ने भएपनि सडकमा नभई कुनै खुल्ला ठाँउमा गर्नुपर्ने सुझाव दिएका छन् । सत्तामा बसुन्जेल जनताका समस्यामा नबोल्ने तर अहिले पद नपाएपछि फेरी तिनै जनतालाई दुःख दिन बाटो बन्द गर्ने भन्दै आक्रोश भने पोखेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समुहले शक्ति प्रर्दशन गर्ने भनेर कार्यक्रम गरेको छ । कार्यक्रमका लागि भन्दै देशभरीका जिल्लाबाट बसहरु रिर्जभ गरी नेता कार्यकर्तालाई हिजैबाट काठमाडौं ल्याइएको छ । उनिहरुको खानपिनको व्यवस्था राजधानीका क्याटरिङमा गरिएको छ । आउँदा जादाको बस भाडा र खानाबस्न फ्रि गरिएको प्रचण्ड–नेपाल समुहको एक नेताले जानकारी दिनुभयो ।साभार जनता टाइम्स