
बारा, फागुन ५ गते ।
मिनेट मिनेटमा मिडियाहरुको अनुगमण अनलाईनबाट हुँदै आएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ ।
नेपाल सरकारबाट पाई राखेको सेवा सुविधाहरु कटौती होईन् बरु बृद्धि गर्न अहिलेको आवश्यकता रहेको बाराको निजगढमा शनिबार सम्पन्न सञ्चार माध्यमका चुनौती एवं मिडिया साक्षरता कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
१० बर्ष अगाडी र अहिलेको पत्रकारिता युगमा धेरै फरक हुने भएकाले हामीले लेखेको समाचार पाठक बर्गले कसरी लिने गरेकाले सोही अनुसार नयाँ युग तथा नयाँ प्रविधिको विकाससँगै समाचार पस्किन आवश्यकता रहेको उहाँले बताउनुभयो ।
आफैले लेखेको समाचारमा कतिको फरक रहेको तथा पाठक समक्ष कतिको विश्वासिलो रहेको छ, भनी सहभागि पत्रकारहरुलाई पहिला आफैमा सन्तुष्ट भएपछि मात्र पाठकहरुको मन जित्न सकिन्छ, अध्यक्ष बस्नेतले भन्नुभयो ।
आचार संहिता भित्र बसेर, कसरी सत्य तथ्यसहितको समाचार पाठक समक्ष पु¥याउन सकिन्छ, भनेर पत्रकारिता पेसालाई बलियो बनाउँदै कान नभएको कान र आँखा नभएकोलाई आँखा बनेर पत्रकारिता पेसा अझ मर्यादित बनाउन सहभागि बिभिन्न सञ्चारकर्मीहरुलाई सुझाव दिनुभयो ।
यसैगरी लोक कल्याणकारी बिज्ञापन सबै मिडियाले पाउनु पर्ने नैसर्गिक अधिकार रहेको काउन्सिलका सदस्य ठाकुर बेलवासेले बताउनु भएको छ ।
मुलुक निर्माणमा पत्रकारसहितका मिडियाको अहम भूमिका रहेकाले पत्रकार भित्रैबाट नेता, कर्मचारी, ठेकेदार, दलका प्रतिनिधिहरुको भूमिका निर्वाह गर्दै आएको भेटिएपछि यसरी दोहरो चरित्र नगरी एउटा पेसा रोजन उहाँले आग्रह गर्नुभयो ।यसैगरी पत्रकारिता पेसामा बृक्रिती बढेकाले त्यसलाई रोक्न महासंघले सृद्धिकरण अभियान जारी गरेको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा काउन्सिलका पूर्व सदस्य गोविन्द चौलागाईले बताउनु भयो ।
एउटै ब्यक्तिले मिडिया हाउस चलाउने, बिज्ञापन एजेन्सी चलाउने, ठेकेदारी गर्ने, दलका प्रतिनिधि भएर काम गर्ने लगायतका बृक्रितीहरु भेटिएकाले त्यस्ता पत्रकारहरुको सदस्यता खारेजगरी व्यवसायिक र बिशुद्ध पत्रकार हकहितका लागि महासंघले चालेको अभियान सराहनिय भएको उहाँले बताउनुभयो ।
यसैगरी सम्बन्धित निकायको कमी कमजोरीका कारण बाराका स्थानीय तहहरुले सूचना लुकाउने गरेको तथा कहिल्यै बारा जिल्लामा नआउने पत्रिकामा सूचना प्रकाशित गरी यहाँका मिडियाहरुलाई धरासायी बनाउदै आएकोमा काउन्सिल तथा सञ्चार मन्त्रालय यस बिषयमा गम्भिर हुन आवश्यकता रहेको सहभागिहरुले आग्रह गर्नु भएको छ ।
समाचार प्रकाशित गरेपछि स्थानीय तहका अगुवा, नेता, ठेकेदार, दलाल र सुरक्षा निकायबाट पनि बिभिन्न बहानामा पत्रकार पीडित बन्दै आएका गुरु गौतमले बताउनु भयो ।
स्थानीय तह तथा सरकारी कार्यालयका प्रमुख र लेखापालले ६० देखि ७५ प्रतिशतसम्म सूचना प्रकाशित गर्न पहिला कमिशनको कुरा राख्ने गरेको सहभागि पत्रकारहरुले सो कार्यक्रममा जानकारी गराएका छन् ।
सहजिकरण काउन्सिलका मुख्य अधिकृत झविन्द्र भेसालले गर्नु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, राकेश पाण्डे, लक्ष्मी साह, उपेन्द्र ठाकुर, रञ्जन यादव, विरोध शर्मा, श्यामबाबु यादव, शिवशंकर मिश्रा, पुष्पा खतिवडा, गोकुल घोरसाइनेलगायतका आ–आफना विचार राख्नु भएको थियो ।