दात्री निकायले चासो नलिँदा ब्यक्तिगत ट्राईसाईकल सहयोग

रौतहट १५ माघ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका संगै कुनै पनि दात्री निकायले चासो नलिँदा एकजना अपाङ्ग लाई ब्यक्तिगत रुपमा ट्राईसाईकल सहयोग गरिएको छ। फतुवा बिजयपुर १ घुसुकपुरका जसपा नेता बिन्देश्वर यादवको छोरा युवा समाजसेवी मुकेश कुमार यादवले ब्यक्तिगत लगानीमा ३० हजार रुपैयाँ पर्ने एकथान ट्राईसाईकल सोही वडा गमहरिया गाउँका पूर्ण अपाङ्ग नागेन्द्र यादवलाई सहयोग गरेका हुन्।

हाल अपाङ्ग भएका यादवको ढाडमा केहीवर्ष अघि बोन टिभि भएको थियो। उपचारको क्रममा दुईबर्ष अघि ट्रमा सेन्टर काठमाडौंमा ढाडको अपरेसन गर्दा ढाडको नसा काटिएर उनी अपाङ्ग भएका थिए।

 सो पछि ५० बर्षीय पीडित यादव बाध्यभई पूर्ण अपाङ्ग बनेर घरभित्रै बसेर जिवन निर्वाह गर्दै आएका थिए। ट्राई साईकलको लागि 

पटकपटक वडा देखि नगरपालिकामा भन्दा कसैले नसुनेको उनको भनाई छ। यस अघि पनि उनी बोन टिभिको उपचारको क्रममा  जसपाका केन्द्रिय सदस्य यादवले पटकपटक सहयोग गर्दैआएको पीडित यादवले बताएका छन। उनकै सल्लाह अनुसार उनको छोरा मुकेश यादवले सोमवार एक समारोह बीच उक्त ट्राई साईकल हस्तान्तरण गरेका हुन। अपाङ्ग यादवको ३ छोरा ३ छोरी छन् भने खेतीपातीको नाउँमा मात्र ४ धुर घरेडी जग्गा रहेको छ।

उनी संग रहेको १० कठा जग्गा उपचारको क्रममा बिक्री गरिसकेका छन। हाल गाउँ घरमा अरूको खेतमा श्रीमती छोराहरूले ज्यामी गरेर परिवार धान्दै आएका छन।  डेढ बर्ष देखि अपाङ्ग बनेका यादव ह्वील चेयर पाएपछि हर्षित हुँदै अबको जीवन बिताउन ठूलो सहयोग हुने बताएका थिए।