भारतबाट नेपाल भित्र्याउदै गरेको सामग्री प्रहरीकोे नियन्त्रणमा

रौतहट । असोज १६ गते
रौतहटमा भन्सार छलिका अबैध सामग्री प्रहरीले नियन्त्रणमा लिइएको छ । रौतहटको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत विहिबार राती ११ ः ३० बजेको समयमा अबैध अन्दाजी ४ लाख ६४ हजार बराबरको सामग्री प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरी चौकी मठिया र सशस्त्र प्रहरी बल नेपाल अस्थाई पोष्ट मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले ईशनाथ नगरपालिका वडा नं. ४ सानो लतमरीबा नियन्त्रणमा लिएको प्रहरीले जनएको छ । भारतबाट भन्सार छली नेपाल तर्फ भित्र्याउदै गरेको अन्दाजी मुल्य रु.३,०१,३५०। (तिन लाख एक हजार तिन सय पच्चास) बराबरको बिडिमा प्रयोग हुने सुखा, सिमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहट ईशनाथ नगरपालिका वडा नं.३ बन्जरहा गाउँ नजिक पुग्दा नेपालबाट अबैध रुपमा सौफी रक्सी भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजानको लागि राखेको सौफी रक्सी र मटर (केराउ) को अन्दाजी मुल्य रु.६५,००। ( छ हजार पाँच सय ) र विभिन्न समयमा विभिन्न स्थानहरुबाट भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ भित्र्याउँदै गरेको कपडाहरु, कष्टमेटिक सामानहरुको अन्दाजी मुल्य रु.१,५६,४६५।– (एक लाख छपन्न हजार चार सय पैसठ्ठी ) बराबरको रेडिमेड कपडाहरु बच्चाको भेष्ट, नाईटी, बाबा सुट, गंजी, बच्चाको हाप पाईन्ट, टप, लेगीज लगायतका सामानहरु समेत गरी जम्मा अन्दाजी मुल्य रु.४,६४,३१५। (चार लाख चौसठ्ठी हजार तिन सय पन्ध्र ) बराबरको सामानहरु बेवारीसे अवस्थामा फेला पारी आवश्यक थप कारवाहीको लागि शुक्रबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाइएको छ ।