बृन्दावन नगरपालिका ४ हरैया पल्टुवामा १४ वर्षिय बालिकाकोे हत्या

रौतहट । असोज १६ गते
रौतहटमा पछिलो समय हत्या हिंसाका घटनामा वृद्धि भएको छ । आज शुक्रवार साँझ फेरी रौतहटमा एक बालिकाकोे हत्या भएको छ ।
जिल्लाको बृन्दावन नगरपालिका ४ हरैया पल्टुवामा मामा घर बस्दै आएकी १४ वर्षिय बालिकाकोे हत्या भएको हो ।
हरैया पल्टुवामा मामा घर बस्दै आएकी जिल्लाको गढीमाई नगरपालिका वडा नं— १ समनपुरका सिताराम साह कानुको अन्दाजि १४ वर्षिय छोरी सन्जा कुमारी साह कानुको हत्या गरिएको छ ।
विहान १० बजे घाँस काटन निस्केकी बालिकाको शुक्रवार साँझ गाउँकै नजिकमा रहेको स्थानीय होसनारायण यादवको उखुबारीमा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मामा घर भएको बृन्दावन नगरपालिका वडा नं—४ हरैया पल्टुवाका देरेन्द्र साह कानुको घरमा उनी बस्दै आएकी थिईन ।
घरबाट घाँस काटन भनी निस्केकी बालिका सन्जा साँझसम्म पनि घर नफर्केपछि उनको परिवारजनले खोजि गर्दै जाँदा मृत अवस्थामा नजिकैको उँखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बालिकाको शव अर्धनग्न अवस्थामा फेला परेको देखिएको छ । घटना बारे अहिले तत्काल केहि बताउन नसक्ने प्रहरीले बताएपनि बालिकाको बलात्कार पछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।
कसैले बलात्कार गरी हत्या गरेर सन्जु साह कानुलाई उखुबारीमा फालेको हुन सक्ने आशंका गरिएको छ ।
हत्या कसले र किन गरेको भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।