रौतहटमा सवारी दुर्घटनामा एक बालिकाको मृत्यु

आरके श्रीवास्तव । रौतहट । जेष्ठ २८
रौतहट जिल्लाको गौर नपाको वडा न ३ मचकुटियामा टै«याकटरको ठक्करले गर्दा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । घरको छेउको बाटोमा खेलिरहेका अवस्थामा ना २ त ६९३६ नम्बरको ट्रैयाकटरले ठक्कर दिदा अजय पटेलको ४ बर्षको छोरी काली पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।