लकडाउनमा चारकोशे जंगलमा दुई जोडीको बिबाह सम्पन्न

बारा, जेठ १९ गते । विश्व महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणको लागि सरकारले सार्वजनिक भेला, गोष्ठी, सेमिनारसँगै बिहेवारीलाई निगरानी राख्दै रोक लगाएपनि दुई पक्षको मिलोमतोमा बिहे हुने गरेका छन् । जेठ शुक्लपक्ष (१०) दशमी तिथी सोमबार गंगा दशहाराको दिन चौधरी र पासवान थरका दुईटा अगलअगल बिहे सम्पन्न भएको हो । आज बिहेको साईत नभएको कलैया उपमहानगरपालिका वडा नम्बर–१० बलिरामपुर टोलका ज्योतिषाचार्य पंण्डित ज्ञानेन्द्र पाण्डेले बताए । यसरी सरकारले लगाएको लकडाउनमा बाराको चारकेशे जंगल काटघाँट स्थित रहेका सहजनाथ महादेव मन्दिरमा कोल्हवी नगरपालिका वडा नम्बर–३ जुअवा टोलका उमेश चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका डुमरवाना भवानीपुर टोलकी ममता चौधरीसँग बिहे गरेका हुन् । उनको बिहे थारु जातीको समाजिक परम्परा अनुसार भएको जन्ती आएकाहरुले बताएका छन् ।